राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं– राजधानीको सुकेधाराबाट एक जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा सवार भागीराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विप्लव समूहको प्रचार सामग्रीसहित पक्राउ परेको जनाइएको छ ।